नेपाललाई विश्वमाझ परिचित गराउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका: प्रदेश प्रमुख भट्ट
पाेखरा | फागुन २३, २०८१
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्याएको बताउनुभयो ।
‘वीर गोर्खालीकै कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन परेन । विदेशी मुद्रा आर्जनको श्रोत गोर्खा सैनिकहरु नै छन् ।’ उहाँले भन्नुभयो – ‘नेपालीहरुले गोर्खाको नाममा बेलायती र भारतीय सेना तथा सिंगापुर प्रहरी फौजमा गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरुसँग शताब्दी लामो मित्रताको आधार बनेको छ ।’

भट्टले गोर्खाहरुले जीवनका उर्जाशील वर्षहरुलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेको पाएको उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख भट्टले गोर्खाहरुले शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि धेरै योगदान गरेको बताउँदै सम्बन्धित देशहरुले गोर्खाहरुको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभाव विना समान सेवासुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा जोड पनि दिनुभयो ।
सेवा गरिएका देशमा स्थायी बसोबास गरेका भूपू गोर्खाहरुको नागरिकता निरन्तरताका सवालमा संविधानको मर्म र गोर्खाहरुको भावनालाई सम्बोधन गर्दै साझा निश्कर्षमा पुग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

‘विदेशी मुद्रा आर्जन र व्यापार घाटा कम गर्नमा ठूलो योगदान पुर्याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पति विदेश पलायन हुन नदिनेतर्फ पक्कैपनि राज्य सहज र सचेत हुनुपर्दछ ।’ उहाँले भन्नुभयो ।
‘आफ्नोपन आफ्नै पहिचान, सबल नेपाल हाम्रो अभियान’ मूल मन्त्रका साथ स्थापित गोर्खा कम्युनिटी पोखराले १५ वर्षदेखि गोर्खाहरुको हितमा आफूलाई समर्पण गरिरहेको जनाएको छ । विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरको मार्गमा हिँड्न प्रेरित गरेकोमा प्रदेश प्रमुख भट्टले धन्यवाद दिनुभयो ।

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

